काठमाडौँ, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको आधिकारिकता ऋषि कट्टेलको पार्टीलाई दिएको छ ।

नेकपा बारेको रिटमाथि अदालतमा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए ।

कट्टेलले आफ्नो नामको पार्टी दर्ता भएको भन्दै ओली प्रचण्ड अध्यक्षका रहेका नेकपाविरुद्ध २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए । कट्टेलले कोष्ठकभित्रको नेकपाको परिभाषा समेत मागेका छन् ।

सर्वोच्च अदालतको यो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।

supreme_194511

प्रतिक्रिया दिनुहोस !