चितवन । रत्ननगर ७ मा रहेको जनकौली मध्यवर्ती सामुदायिक वनको निर्वाचन विवादमा तानिएको छ । आर्थिक हिनामिना भएको आशंका रहेको सो सामुदायिक वनको निर्वाचन यही फागुन २४ गते हुँदै छ । १७ बर्ष पछि नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचन मुखमै आएर विवादमा तानिएको हो । चितवन निकुञ्ज र मृगकुञ्ज उपभोक्ता समितिले वनको हिसाव किताब फर्छौट नगरी निर्वाचनको मिति तोकेका थिए ।

नेकपा ओली समुह रत्ननगर नगरकमिटीले निर्वाचन रोक्न माग गर्दै निर्वाचन समितिमा निवेदन दर्ता गरेको छ । सो पार्टीले सामुदायिक वनको आयव्याय अस्तव्यस्त रहेको भन्दै लेखा परीक्षण गराएर मात्र निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको हो । कार्यसमितिका पदाधिकारीहरुले वनको पैसा व्यक्तिगत काममा खर्च गरेको र आम्दानीको अधिकाँस हिस्सा हिनामिना गरेको आरोप लगाएको छ ।

पदाधिकारीले वनको पैसा व्यक्तिगत काममा खर्च गरेको विषयमा सर्बदलीय बैंठकले पाँच दिन भित्र सो पैसा भुक्तानी गर्न म्याद दिएको भन्दै नेकपाले उक्त विषयलाई टुङगोमा नपु¥याई निर्वाचन नगर्न चेतावनी दिएको छ । सो पार्टीले आफ्ना मागहरुलाई बेवास्था गरे आर्थिक आपचलनको विषयलाई लिएर उपभोक्ताको बीचमा जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !