चितवन । अखिल नेपाल किसान महासंघ चितवनको अध्यक्षमा कृष्णप्रसाद सापकोटा चयन भएका छन । सो समितिको उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिवमा सिपी अधिकारी, सह-सचिव पार्वती भुषाल तथा कोषाध्यक्षमा राजकुमार सुयल चयन भएका हुन । आज भरतपुरमा भएको भेलाले १ सय ९५ सदस्यीय नयाँ कार्य समिति गठन गरेको हो ।
महासंघका तदर्थ समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य आनन्द न्युरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष डा. प्रेम दङाल, नेकपा बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्यहरु हरि सापकोटा, पुरुषोत्तम न्योपाने, जेएन थपलिया, गोबर्दन गौली, बागमती प्रदेशका कृषि तथा सहकारी मन्त्री दावादोर्जे  लामा,  नेकपा जिल्ला अध्यक्ष पार्वती रावल, जिल्ला सचीव प्रकाश खनाल, भरतपुर महानगर अध्यक्ष राम न्योपाने लगायतले
सो कार्यक्रममा आ- आफ्नो मन्तव्य राखेका थिए । सिपी अधिकारीले संचालन गरेको कार्यक्रममा महासंघका केन्द्रिय सदस्य आनन्द न्युरेले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !