काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर ५ हजार ५ सय ३६ वटा नमुनाको परीक्षण गर्दा ७० पुरुष र ३७ महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको सङ्ख्या २ लाख ७४ हजार ४ सय ८८ पुगेको छ ।

कोरोना सङ्क्रमणबाट आज ७८ जना निको भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार ६ सय ८३ पुगेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार ९८ दशमलव ६ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस !