रबि रेग्मी, चितवन । राष्ट्रिय युवा संघ नेपालको इन्चार्ज तथा नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) का केन्द्रीय सदस्य महेश बस्नेतले बाटो भुलेर गएका नेता तथा कार्यकर्ताहरु मुलघरमा नै फर्किने बताउनु भएको छ ।
नेता बस्नेतले लोभ, लालच र भ्रममा परि पार्टी छोडेर गएकाहरु मुल पार्टीलाई सम्झेर आउने समेत बताउनु भयो । आज भरतपुरमा आयोजित राष्ट्रिय युवा संघ नेपाल (चितवन) को जिल्ला कमिटी घोषणा, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका युवा नेता बस्नेतले प्रचण्ड र माधब नेपालले पद र स्वार्थका लागि पाटी फुटाएर गएको समेत बताउनु भयो ।
कार्यक्रममा नेकपा बाग्मती प्रदेश सह इन्चार्ज काशिनाथ अधिकारी, राष्ट्रिय युवा संघको केन्द्रिय उपाध्यक्ष गजेन्द्र शाही, नेकपा केन्द्रिय कमिटी सदस्य जगनाथ थपलिया, नेकपा चितवन जिल्ला अध्यक्ष पार्वती रावल, नेकपा जिल्ला सचिव प्रकाश खनाल (शैलेश), नेकपा भरतपुर महानगर कमिटी अध्यक्ष राम प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नु भएको थियो ।
युवा संघ केन्द्रीय अध्यक्ष दिलिप न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा संघकी केन्द्रीय सदस्य सरस्वती केसिले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !