रबि किरण रेग्मी, चितवन । राष्ट्रिय युवा संघ नेपाल चितवनको नयाँ कमिटी  घोषणा भएको छ । आज भरतपुरमा भएको कमिटी घोषणा कार्यक्रममा शुशिल केसीको संयोजकत्वमा ५ सय १ सदस्सीय जिल्ला कमिटी घोषणा गरिएको हो । कमिटीको सह संयोजकमा शंकर अधिकारी, आशिक तामाङ, भल बहादुर पाख्रीन,शिला बस्नेत.  युगदर्शन चापागाईं र प्रकाश श्रेष्ठ चयन भएका छ्न ।

कार्यक्रममा जिल्ला भित्रका पालिकाहरुको संयोजक , सहसंयोजक र कमिटीहरु गठन भएको छ । नेकपा युवा नेता महेश बस्नेतले जिल्ला कमिटी सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !