रत्ननगर । नेकपाको भातृ संगठन अखिल नेपाल किसान महासंघ रत्ननगर नगर कमिटीको अध्यक्षमा रामचन्द्र सापकोटा चयन भएका छन् । किसान अगुवाहरुको रत्ननगरमा सम्पन्न भेलाले रामचन्द्र सापकोटाको अध्यक्षतामा नयाँ कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा गिरीधारी महतो,सचिवमा उप्रेन्द्रप्रसाद पोखरेल,सहसचिवमा इन्दिरा नेपाल र सदस्यमा चेतप्रसाद ढकाल,लालबहादुर श्रेष्ठ,राजु ढकाल,दुखना महतो,युवराज थापा,प्रेमबहादुर विक,अमर बहादुर श्रेष्ठ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष सापकोटाले नगर भित्रका सम्पूर्ण किसानहरुलाई संगठनमा गोलबद्ध गर्दैै कृषि उत्पादन बृद्धि तथा अनुदानका कार्यक्रममा किसानको पहुँच बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए । सजना महतोको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रिय सदस्य पुरुषाेत्तम न्योपाने, जिल्ला नेता प्रेम दुवाडी, इश्वरी अर्याल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !