लण्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मीले सोमबारदेखि आफ्नो पदबहाली गर्नुभएको छ । हालै चारवर्षे कार्यकाल सकेर नेपाल फर्कनुभएका निवर्तमान राजदूत दुर्गाबहादुर सुवेदीका ठाउँमा आउनुभएका रेग्मी संयुक्त अधिराज्यका लागि २१औँ राजदूत हुनुहुन्छ।

रेग्मी सन् १९९५ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरी सन् २००२ मा वन मन्त्रालयमा उपसचिव, सन् २००६ मा अर्थ मन्त्रालयमा सहसचिव, सन् २०१४ मा भूमिसुधार मन्त्रालयमा सचिव र सन् २०१७ मा मुख्यसचिव हुनुभएको थियो । सोमबार मात्र लण्डन आइपुग्नुभएका रेग्मीले सोही दिन नै कार्यभार सम्हाल्नुभएको हो । उहाँलाई लण्डनको हिथ्रो विमानस्थलमा राजदूतावासका तर्फबाट सैनिक सहचारी, कर्मचारीलगायतले स्वागत गरेको दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस !