चितवन । नेकपाको अगुवा कार्यकर्ता भेला शनिबार माडी क्याम्पसको सभाहलमा सम्पन्न भएको छ । भेलाले अखिल नेपाल महिला महासंघ माडी नगर कमिटी अध्यक्षमा सीता तिमल्सिना रहनुभएको छ भने अखिल नेपाल किसान महासंघ अध्यक्षमा मधुराम चौधरी चयन हुनुभएको हो । सो समिति आगामी दिनहरुमा जनवर्गीय संगठनहरुलाई तिब्र रुपमा अगाडि बढाउँदै लैजाने बताएको छ ।

माडी नगर कमिटीका रेशम लाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रिय सदस्य हरी सापकोटा अतिथिहरुमा जिल्ला अध्यक्ष पार्वती रावल किसानमहा संघका केन्द्रीय सदस्य सीपी अधिकारी लगायतका नेता कार्यकर्ताहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !