चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनकि अध्यक्ष पार्बती रावलले माडीको बिकासमा कुनै कमि हुन नदिने बताउनु भएको छ । उहाँले माडीको बिकाशका लागि संघीय सरकार र प्रदेश सरकारबाट थुप्रै काम भइरहेको बताउनु भयो । स्वयं प्रधानमन्त्री केपी ओलीले नै माडीलाई मणी बनाउने उदघोष गरेको बताउदै पार्टी अध्यक्ष रावलले माडीको समुन्नत बिकासको लागि पार्टी र सरकार तपाईंहरुकै साथमा छ, उहाँ भन्नु भयो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माडी नगर कमिटीद्वारा माडीको बसन्तपुरमा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष रावलले सरकारले गरेका ठुला- ठुला योजना र बिकाशका कामलाई माडीका केहि पक्षले असहयोग गरेको र काम असफल बनाउन लागिपरेको समेत बताउनु भयो ।
माडी नगर कमिटीका अध्यक्ष रेशमलाल आचार्यको अध्यक्षतामा भएको कार्यक्रम सचिव नारायण अधिकारीले संचालन गर्नु भएको थियो । सो अबसरमा नेकपा केन्द्रीय सदस्य हरि सापकोटा, पुरुषाेत्तम न्योपाने, जिल्ला सचिव प्रकाश खनाल, अनेमसंघ चितवन अध्यक्ष सरस्वती बिष्ट लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !