पुजा ढकाल, चितवन । १२ औं राष्ट्रिय बाल नाटक महोत्सव प्रतियोगिताका लागि हिजो चितवन नारायणी कला मन्दिरमा `नयाँ कदम´नाटकको प्रिमियर सो भएको थियो । कर्मी नाटक समुह र नारायणी कला मन्दिरको सहकार्यमा भएको उक्त कार्यक्रम बिद्यार्थी जीवन झल्काउने किसिमको थियो ।

ईश्वर कंडेलद्वारा लिखित सो नाटकमा विद्यार्थीहरुको जीवन भोगाई संगसंगै बिद्यार्थी, शिक्षक, अभिभावक, छोराछोरी बिचको खाडल संगसंगै समाजको दृष्टिकोणले बिद्यार्थीको मनस्थितिमा पारेको प्रभावलाई नाटक मार्फत झलकाउन खोजीएको थियो । उक्त नाटकमा १० जना नाटककर्मीको अभिनय रहेको थियो ।

नाटक `नयाँ कदम´मा असल छुवाई, गलत छुवाई, सामाजिक संजालको दुरुपयोगले बिद्यार्थी जीवनमा निम्त्याउने समस्य र त्यति मात्र नभएर शिक्षकले पनि आफ्नो जीवनमा केहि कुरा विद्यार्थी मार्फत सिक्नु पर्छ भन्ने कुरा नाटकले प्रस्तुत गरेको थियो । चितवनमा पछिल्लो समय सेलाउदै गएको नाटक विधालाई बिउझौने हिसाबले पनि सो नाटकको प्रिमियर गरेको कुरा बताउछन लेखन/ निर्देशन कंडेल ।

यसरी प्रस्तुत गरिएको नाटकमा मुकुन्द खलपात्र, भिम राई, विवेक तिवारी, आश्मा राई, गोविन्द आचार्य, सुनिल ढुंगाना, अनुप भण्डारी, विष्णु विश्वकर्मा, विनुमा पौडेल क्षेत्री,कुशल घिमिरे आदिको अभिनय रहेको थियो । यस `नयाँ कदम´ नाटक पुनः वैशाखमा थप परिष्कृत सहित मञ्चन हुनेछ ।

प्रतिक्रिया दिनुहोस !