चितवन । जन्मदिनको अवसरमा हंगकंग निवासी आकाश बन्जाराले गरे १ लाख बराबरको सहयोग प्रदान गरेका छन् ।
विगत लामो समयदेखि हंगकंगमा रही आफ्नो व्यवशाय गर्दै आएका आकाश बन्जाराले हिजो फाल्गुन १३ गते परेको आफ्नो जन्मदिनको अवसरमा गोरखामा रहेको मानव आश्रममा रहेर शिक्षा लिदै गरेका बालबालिकाहरुको कम्प्युटर शिक्षाका लागि कम्प्युटर आवश्यक परेको हुनाले २ थान कम्प्युटर प्रदान गरेका हुन् भने मकवानपुर जिल्ला स्थित ११ करोडको लागतमा निर्माणाधिन अवस्थामा रहेको आमा घरमा निर्मित पार्कको लागि पार्कमा आवश्यक पर्ने ५० हजार बराबरको सिमेन्टको आराम कुर्सी .(बेन्च) प्रदान गर्नुभएको हो । 
ग्लोवल गोरखा समाजका कोषाध्यक्ष तथा कालिका दैैैैनिकका निर्देशक समेत रहेका बन्जाराले यस अघि पनि विगतका आधा दशक देखि सिमान्तकृत चेपाङ बालबालिकाको शिक्षा तथा खाद्यान्न, मानवसेवा आश्रममा रहेका बालबालिकाहरुको लागि न्यानो कपडा, गोरखाका विभिन्न विकट भेगमा रहेका अति विपन्न परिवारहरुलाई आर्थिक सहयोग गर्दै आएका छन् । 
आगामी दिनमा पनि परोपकारी अभियानमा आफुले दीन दुखीहरुको लागि सदा सहयोग गर्दै जाने प्रतिवद्धता गरे ।

प्रतिक्रिया दिनुहोस !