काठमाडौँ ।  तारकेश्वर नगरपालिका–१० कोे नयाँ भवन बन्ने भएको छ । आगामी एक वर्षभित्र वडा कार्यालयको भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

नगरपालिकाको रु ७० लाख र सङ्घीय सांसद कोषको रु २० लाख गरी रु ९० लाख लागतमा उपभोक्ता समितिबाट भवन निर्माण हुने वडाध्यक्ष अमृत थापाले जानकारी दिनुभयो । “नयाँ बन्ने भवनमा पहिलो तलामा १० श्ययाको शहरी स्वास्थ्य केन्द्र, दोस्रो तलामा वडा कार्यालय र तेस्रोमा कार्यक्रम हल निर्माण हुनेछ”, उहाँले भन्नुभयो ।

स्थानीय उपभोक्ताले मनमैजुको पुरानो संस्कृति पहिचान झल्कने गरी भवन बनाउन आग्रह गरेका छन् । भवन अन्य वडाका भन्दा फरक ऐतिहासिक मौलिकता पहिचान झल्कने खालको हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !