काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसल्लालाई समान्यरुपमा लिनु पर्ने बताउनुभएको छ । आज काठमाडौंमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्ने कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले  सर्वोच्च अदालतको फैसला पछि प्रचण्ड माधवले खाएको लड्डुप्रति व्यङ्ग्य गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘ मेरा केही भाइहरूले लड्डु खुवाइ गरेछन्, खुसी भएर, जित्यौँ भनेर,के जितेछन् हेर्नु छ
के पाउँछन् त्यो पनि हेर्नु छ ।’

उहाँले भन्नुभयो,‘मेरो विचार भोलि पर्सिदेखि फेरी राजीनामा माग्नुहुन्छ जस्तो लागेको छ राजीनामा देऊ, राजीनामा देऊ भनेर ।’
प्रधानमन्त्री ओलीले अहिलेको अवस्थालाइृ समान्यरुपमा लिएको भन्दै आफ्नो अडान बाँचुन्जेल  नफेरिने बताउनुभयो ।

‘बाँचुन्जेल इमानदारीताका साथ काम गर्ने हो मरेपछि न इमानदार न बेमान केही गर्न सकिन्न ।’ उहाँले भन्नुभयो, ‘अहिलेसम्म मेरो देश विकासको आकाक्षामा केही फरक पाउनु भयो र ?स्वार्थबाट लपेटिएका मान्छेहरूमा यस्ता कुराले धेरै असर गर्छ होला, राम्रो, नराम्रो, अप्ठ्यारो अप्ठ्यारो जुनसुकै अवस्थामा पनि एक समान रहनु पर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्रीले भन्नुभयो,‘सूर्य उदाउँदा र अस्ताउँदा दुवै अवस्थामा रातो भएझैँ जस्तोसुकै अवस्थालाई पनि सहज मान्नुपर्ने बताउनुभयो ।
उहाँले आफू अलिकति पनि विचलित नभएको भन्दै देश बनाउने सङ्कल्प पुरा गरेरै छाड्ने बताउनुभयो । ‘दृढताका साथ देश बनाइ छोड्ने सङ्कल्पप्रति म अलिकति पनि विचलित हुन्न ।’

कार्यक्रममा  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक गर्नुभयो । नक्साको माध्यमबाट माटोमा भएको अम्लीयपन, नाइट्रोजन, पोटासियमलगायत तत्त्व थाहा पाउन सकिने सरकारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !