काठमाडौं । नेकपाका केन्द्रिय सदस्य एवं प्रतिनीधि सभाका सांसद महेश बस्नेतले बाबुराम भट्टराई र झलनाथ खनाल उपचारको बहानामा विदेशीको इशारामा चलेको बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित युवा संघ नेपाल केन्द्रीय कमिटिको पुर्ण बैठकलाई संवोधन गर्नुहुँदै नेता बस्नेतले भन्नुभयो, ‘बाबुराम भट्टराईको के रोग रहेछ सबैले बुझिसके, उहाँले भन्नुभयो – अदालतको फैसला आएसँगै उनको रोग निको हुनु भनेको देश बर्बाद गर्ने रोग नै बाबुरामको भएको बताउनुभयो । ‘बाबुरामको रोग केपी ओलीलाई सत्ता च्युत गर्ने र विदेशीहरुको इशारामा मुलुकलाई ध्वस्त पार्ने सपना पुरा नहुँदा उब्जिएको मानसिक रोग थियो,सर्वोच्चको फैसलासँगै उहाँको रोक निको भयो’ बस्नेतको आरोप थियो ।

संसद पुर्नस्थापना भएकोमा कोही खुसी हुनु पर्ने कारण नभएको भन्दै नेता बस्नेतले कम्युनिष्ट सत्ता च्युत गरेर प्रचण्ड र माधवले काँग्रेसको पाउँमा सत्ता बुझाउन लागेको बताउनुभयो । ‘माधव र प्रचण्ड यत्तिखेर प्रधानमन्त्री तपाइ भन्दै सेर बहादुर देउवा ,बाबुराम भट्टराइ, महन्त ठाकुरका बिन्ती विसाइरहेका छन्, ६५ सिटमा खुम्चेको काग्रेंसलाई किस्तीमा हालेर प्रधानमन्त्री बुझाउदैछन् ’ नेता बस्नेतले भन्नुभयो ।

संसद पुर्नस्थापना भएपछि बाटोमा आउँदै गर्दा केही युवाहरु विजय जुलमा हिडेको भेटेको भन्दै नेता बस्नेतले संसद पुर्नस्थापनाले खुसी हुनु नपर्ने बताउनुभयो । ‘हे भाई हो, संसद पुर्नस्थापना भएर सांसद म भए, विजय जुलुस तिमीहरु मनाइरहेका छौ, संसद पुर्नस्थापना भएर नेपालको राजनीति काग्रेंसको पाउँमा प्रचण्ड र माधवले बुझाउदै गर्दा के को विजय उत्सव’ नेता बस्नेतले प्रश्न गर्नुभयो ।

अदालतको फैसला प्रधानमन्त्रीको पक्षमा आएको भए प्रचण्ड, माधवहरुले सेटिङ भन्ने भन्दै अहिले फैसला अर्कै आएपछि उहाँहरुको परिभाषा फेरिएको बताउँनु भयो । ‘राजनीतिमा उहाँहरु निक्कै बिचलित हुनुहुन्छ भन्ने उदाहारण’ यही काफी भएको नेता बस्नेतको तर्क थियो । नेपालको राजनीतिलाई अस्थिरतातर्फ लान खोजिएको भन्दै नेता बस्नेतले त्यो हुन नदिने बताउनुभयो ।

कानुनीरुपमा नेकपा विभाजित भइनसकेको अवस्थामा प्रचण्ड-माधवले नेकपाको सरकार बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नै नसक्ने बस्नेतको दावी थियो । संसदिय दलको नेता पनि ओली नै भएकाले प्रचण्ड-माधवले संसदिय दलकै बैठक गर्न नसक्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !