शिशिर सिंखडा, चितवन । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य ईश्वर पोख्रेलले सरकार निर्वाचनको तयारीमा लागिसकेको बताउनु भएको छ । सरकारले स्वतन्त्र र निश्पक्ष निर्वाचन सम्पन्न गर्न सबैलाई सहयोग गर्न समेत आग्रह गर्नु भएको छ । प्रेस संगठन नेपाल चितवन शाखाले भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेकपाका सचिवालय सदस्य समेत रहनु भएका नेता पोख्रेलले ताजा जनादेशमा जान डराएर केहि  नेताहरुले निर्वाचन हुन नसक्ने भन्दै हिड्ने गरेको समेत उहाँले बताउनु भयो । प्रेस संगठन नेपाल चितवनका संयोजक सुवास पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले नेकपाको चुनाव चिन्ह सुर्य अध्यक्ष केपी ओली रहेको आधिकारिक पार्टीले पाउने समेत उहाँले बताउनु भयो । उहाँले सम्मानित सर्बोच्च अदालतले गर्ने निर्णय सबैलाई मान्य हुने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !