चितवन । नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले सरकार र प्रधानमन्त्रीको लोकप्रियताले अतालिएर माधव प्रचण्डले पार्टी छाडेर गएको बताउनु भएको छ । जताततै प्रधानमन्त्री केपी ओलीले गरेको राम्रो कामको प्रसंशाले उहाँहरुले सुन्न सक्नु भएन, पोख्रेलको भनाई थियो । पद बिना बस्न नसक्ने माधव प्रचण्ड समुहले हाताहाती पद लिनको लागि पार्टी छाडेर गएको उहाँले बताउनु भयो ।
नेकपा सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले “३ वर्ष पार्टी चैतको खडेरीमा परेको जस्तो बन्यो”, उहाँले भन्नुभयो, “भत्केको पार्टीलाइ बनाउने कामा सबै लागौं ।” राम्रा कार्यकर्ताको बुइ चढेर हस्तिनापुर कब्जा गर्ने षड्यन्त्रमा प्रचण्ड सुरुदेखि लागेपनि असफल बनेको बताउनुभयो । प्रचण्ड अन्तरविरोधमा खेल्ने खेलाडि भएको बताउनुभयो । “प्रचण्डको नारा थियो, ढाडमा टेकेर टाउकोमा हान्ने”, उहाँले भन्नुभयो, “देशको हितमा लागेको प्रधानमन्त्रीलाई हल न चल बनाउने, असहयोग भयो ।” प्रचण्डले कांग्रेस र अन्य दलसंग मिलेर सुरुमै ५ वर्षे प्रधानमन्त्री बन्न चलखेल गरेको जीकिर गर्नुभयो ।केपी ओलीले प्रचण्डलाई मनाउन ७५ दिन खर्चिएको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले स्थायी कमिटिको एउटै बैठक ८० दिन चल्दा ओलीलाइ पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट हट्नुपर्ने अडान राखेर अस्थिरता ल्याउन लागेको आरोप लगाउनुभयो । प्रचण्डले ओलीलाइ पार्टी सदस्य हुन पनि अयोग्य भनेर अभियोगपत्र ल्याएर विग्रहको बाटोमा लागेको बताउनु भयो ।
नेकपा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सहइन्चार्ज काशीनाथ अधिकारीले हामीहरु पनि परीक्षामा रहेकाले इमान्दार बनेर जनतामाझ जान आग्रह गर्नुभयो । सरकारको ३ वर्षमा भएका कैयन विकास निर्माणबारे जनता माझ लैजानुपर्ने बताउनुभयो । नेकपा फुटबारेका भ्रम चिर्दै जनमत तयार गर्न लाग्नुपर्ने बताउनुभयो ।
नेकपा बागमती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले हातहाती प्रधानमन्त्री लिन चाहनेलेनै पार्टीलाई फुटाएको आरोप लगाउनुभयो । “प्रचण्डहरु मिसन पूरा गर्न भन्दै कम्युनिस्ट आन्दोलनमा विभाजन गर्न लागिपरे”, उहाँले भन्नुभयो, ” अब हामी कम्युनिस्ट आन्दोलन, विचार र निती पुनर्गठन गर्न लाग्नेछौ ।” प्रचण्ड-माधव समुहलाइ इङगित गर्दै भन्नुभयो, “मार्चण्डहरुले कहिल्यै यो सरकारले सहयोग गरेनन् ।” पार्टी एकता गर्नु पहिलेनै कम्युनिष्ट आन्दोलनलाइ फुट ल्याउने गरि माधवकुमार नेपालले प्रचण्डसंग एकताको पक्षमा उभिएको प्रष्ट भएको बताउनु भयो ।
विकास र समृद्धिको अभिभारा पूरा गर्न ओली नेतृत्वकै नेकपा आवश्यक रहेको बताउनु भयो । वैकल्पिक सरकार बन्ने आधार नभएकाले संसद पुनःस्थापना नहुने बताउनु भयो ।
जिल्ला इन्जार्ज तथा कार्यदल संयोजक हरि सापकोटाले निर्वाचनमा जनमत आफ्नो पक्षमा ल्याउने गरि कमिटि परिचालन हुने बताउनुभयो । ५ सय ९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटि गठन भएको बताउनुभयो । घोषित मितिमै निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरि गतिविधि तीव्र पार्ने बताउनुभयो । जिल्ला अध्यक्ष पार्वती रावलले ओली नेतृत्वको नेकपा नै मुल पार्टी भएको बताउनु भयो । जिल्ला अधिवेशन आयोजक कमिटिलाइ उपप्रधानमन्त्री इश्वर पोखरेलले सपथग्रहण गराउनुभएको छ ।
जिल्ला अध्यक्ष पार्वती रावलको अध्यक्षतामा भएको सो कार्यक्रम जिल्ला सचिब प्रकाश खनाल शैलेसले संचालन गर्नु भएको थियो ।