चितवन । पूर्व सांसद तथा नेपाली काँग्रेसका नेता एकनाथ रानाभाटको ६६ वर्षको उमेरमा आज निधन भएको छ ।

उहाँको उपचारको क्रममा आज चितवन मेडिकल कलेजमा अपराह्न २ः०० बजे निधन भएको हो ।

उच्च रक्तचापका कारण फागुन २४ गतेदेखि अचेत हुनुभएका रानाभाटको उपचारको क्रममा निधन भएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

रत्ननगर नगरपालिका वडा नम्बर १४ स्थित उहाँको घरमा श्रीमती , एक छोरा र छोरी हुनुहुन्छ ।

उहाँको पार्थिव शरीरलाई मङ्गलवार बिहान साढे ८ बजेदेखि साँढे ९ बजेसम्म पार्टी कार्यालयमा राखिने र अन्तिम संस्कारको लागि लगिने श्रेष्ठले बताउनुभयो । उक्त श्रद्धाञ्जली सभामा काँग्रेसका महामन्त्री शशाङ्क कोइराला आउनुहुने बताइएको छ ।

स्व.रानाभाट जिल्ला पार्टी सचिव, किसान सङ्घको केन्द्रीय सदस्य तथा सांसद समेत भइसक्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !