काठमाडौं । भारतबाट आज कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप १० लाख डोज काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत खोप १० लाख डोज काठमाडौं आउन थालेको जानकारी दिए ।

फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको छ ।

डा.अधिकारीले खोप विमानस्थलबाट लगेर टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

खोप फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइनेछ । खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस !