काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ ले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्न आज विराटनगर जाँदैहुनुहुन्छ ।

प्रदेशस्तरीय बृहत जनसभा विराटनगर महानगरपालिका-२ शंकरपुरस्थित खुला मैदानमा गरिने छ। आमसभाको लागि तयारी पूरा भएको आमसभा जनपरिचालन सचिवालय सचिव एवं केन्द्रीय सदस्य विनोद ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार प्रधानमन्त्री आज बिहान ११:०० बजे श्री एयरको विमानबाट विराटनगर पुग्नुहुनेछ ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवाष नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेपाले बृहत जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस !