काठमाडौँ । शुक्रबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक हजारले घटेर ८८ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ७५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १३ सय ५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !