काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९६ जना नयाँ संक्रमित थप भएका छन् ।

वितेको २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ५४१ जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७३ हजार १६६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १११ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६९ हजार ५०५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ६०३ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २१ लाख ३१ हजार ३३० जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १ हजार ६०३ जना आइसोलेसन र ७१ जना क्वारेन्टिनमा छन् ।

प्रतिक्रिया दिनुहोस !