काठमाडौं । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत पुग्नुभएको छ ।अवहेलना मुद्दाको लिखित जवाफ दिन उपस्थित हुनुभएका प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको नवनिर्मित भवनको समेत निरीक्षण गर्नुभएको छ ।

उहाँले लिखित जवाफसहित आफैं उपस्थित भएर अदालतप्रतिको उच्च सम्मान व्यक्त गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा उपस्थित पत्रकारहरुलाई जानकारी गराउनुभयो ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस !