काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश दिएको थियो । फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस !