
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आजबाट एमिकस क्युरीको बहस शुरु हुँदैछ ।
आज मङ्गलबारदेखि अदालतका सहयोगीको बहस हुने भएको हो ।
एमिकस क्युरीको बहसपछि निर्णय आउनेछ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेका छन् ।
उनीहरूले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन् ।
पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरि आउँदो वैशाख १७ र २७ गतेका लागि चुनावको घोषणा गरेपछि त्यसको विरोध हुँदै आएको छ ।