काठमाडौँ। लुकेर रहेका प्रतिभालाई देशभरि चिनाउन र उनीहरुको मनोबल बढाउन ‘मिस एण्ड मिस्टर विराटनगर–२०७७’ प्रतियोगिता हुने भएको छ । स्रष्टा नेपालद्वारा आयोजना हुने सो प्रतियोगिताका मिस एण्ड मिस्टर कार्यक्रमका निर्देशक रोनक अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने मिस एण्ड मिस्टर विराटनगरलाई जनही रु ५१ हजारको पुरस्कार प्रदान गरिनेछ । उक्त कार्यक्रममा नेपाली कलाकार रेश्मा घिमिरे, सुरजसिंह ठकुरी र गाएक विक्रम बरालको सहभागिता रहने बताइएको छ । विराटनगरमा यसको अडिसन यही फागुन ४ गते ८ गते हुने छ ।

कार्यक्रमको अन्तिम प्रतियोगिता चैतमा हुने र यसका लागि अहिले नै मिति तोकिनसकेको आयोजकले जनाएको छ । प्रतियोगितामा १५ वर्षदेखि २५ वर्षसम्मका अविवाहित युवायुवतीे सहभागिता हुने प्रबन्ध मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस !