चितवन । लायन्स क्लब अफ चितवन राईनो सिटिले म्याग्दी स्थित बेनी नगरपालिका वार्ड नं ४ सिंगा तातोपानी अवस्थित सरस्वति माध्यमिक विद्यालयका २६८ जना छात्रछात्राहरूलाई रू. ५ लाख बढिको पाठ्य सामाग्री, खेलकूद सामाग्री तथा न्यानो कपडा एक भव्य समारोहका बिच बितरण गरेकाे छ । 
कार्यक्रम क्लबका अध्यक्ष लायन भुपेन्द्र धितालको अध्यक्षता एवम् पूर्व डिस्ट्रिक्ट गभर्नर एम जे एफ लायन राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा क्लबका सचिब लायन अरुण शिवाकोटीले संचालन गर्नुभएको थियो ।
क्लबको तर्फबाट उक्त समारोहमा कार्यक्रमका संयोजक तृतिय उपाध्यक्ष लायन हरि अधिकारी, प्रथम उपाध्यक्ष लायन निरञ्जन थापा, द्वितीय उपाध्यक्ष लायन जनक ढुंगाना, कोषाध्यक्ष लायन शालिकराम बाँस्तोला, पूर्व अध्यक्षहरू लायन उमेश गिरी र लायन लालबहादुर राना, पूर्व कोषाध्यक्ष लायन दिनेश कँडेल र सदस्य लायन पदम पौडेलको उपस्थिति थियो भने रत्ननगर मिड नेपाल लायन्स क्लबबाट चार्टर प्रेसिडेन्ट लायन सुरेशचन्द्र आचार्य र लायन प्रकाश शर्मा तथा ३२५ बी १ का कोचिफ एडभाईजर लायन चन्द्रकुमार केसी, स्पेशल सेक्रेटेरियट एडभाईजर लायन सन्तोष रावल तथा बेनी म्याग्दी लायन्स क्लबका अध्यक्ष लायन सुमनकुमार श्रेष्ठको उपस्थिति थियो । 
उक्त विशेष कार्यक्रममा नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष जेसि धनन्जयकुमार श्रेष्ठ, तातोपानी कुण्ड व्यबस्थापन समितिका अध्यक्ष श्री वीरेन्द्रमान श्रेष्ठ तथा पदाधिकारी एवम् सदस्यहरू, वार्ड नं ४ का वार्ड अध्यक्ष, विद्यालय व्यबस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी एवम् सदस्यहरू, शिक्षक कर्मचारीहरू तथा अभिभावक एवम् छात्र छात्राहरुको उल्लेखनीय उपस्थिति थियो ।
सहयोग हस्तान्तरणको कार्यको सराहना गर्दै प्रमुख अतिथि पूर्व गभर्नर लायन श्रेष्ठ, अध्यक्ष लायन धिताल, कार्यक्रम संयोजक लायन हरी अधिकारी, नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष जेसि धनन्जयकुमार श्रेष्ठ, कोचिफ एडभाईजर लायन चन्द्रकुमार केसी तथा स्थानिय महानुभावहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !