
देशका अन्य पहाडी भू–भागहरुको मौसममा पनि आंशिक बदली रहेको छ । देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज काठमाडौंको न्युनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २१ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।
त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश नं १ का पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको विभागले जनाएको छ।
त्यसैगरी आज राती देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुइ स्थानमा हल्का बर्षा हुने संभाबना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ