शिशिर सिंखडा, चितवन । भुमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष देवी ज्ञवाली, जिल्ला अध्यक्ष यादवप्रसाद पाठक सहितको टोलिद्वारा चितवनको माडी वडा नं ९ स्थित बाँदरझुलाको बस्तीको अबलोकन गरिएको छ । सो बस्तीको अबलोकन गर्दै भुमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष ज्ञवालीले निकुञ्ज र भारतीय सिमा सङै रहेको बस्तीलाई ब्यबस्थित गर्ने बताउनु भयो ।

देशको सिमा सुरक्षाको लागि पनि बस्तीलाई राख्नु पर्ने देखिन्छ तर उहाँहरुको बसाई र खेतीपाती गर्ने जमिनको आबश्यक ब्यबस्थापन गर्नुपर्ने देखिएको ज्ञवालीले कालिका दैनिकलाई बताउनु भयो । सो गाउँको अबलोकन पछी आयोगका जिल्ला अध्यक्ष यादव प्रसाद पाठकले बादरझुलाका सुकुम्बासी हरुलाई उचित ब्यबस्थापन गर्न आयोगले आबश्यक प्रक्रिया पुरा गरी जग्गाधनी पुर्जा बितरण गरिने बताउनु भयो । अहिले भएको अव्यवस्थित सो बस्तीलाई ब्यबस्थित गर्ने बारे छलफल समेत भइरहेको उहाले बताउनु भयो ।

सो बस्तीको अबलोकन पछि श्री निमावि बाँदरझुलामा आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष ज्ञवाली, जिल्ला अध्यक्ष पाठक, जिल्ला सदस्य शान्तराज आचार्य, माडी नगरपालिकाका प्रबक्ता तथा माडी वडा नं ९ का अध्यक्ष शिवहरी सुवेदी,  सोही बिधालयका प्राचार्य एजी परियार, बाँदरझुला बस्ती ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार प्रजा, स्थानियबासी जयराम प्रजा, श्याम कुमार खड्का, डिलबहादुर परियार  लगायतले मन्तव्य राखेका थिए ।
सो अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज दिपानगर रेन्जपोस्टका गेम स्काउट दिपक कुमाल, नेकपा बागमती प्रदेश सचिवालय सदस्य प्रकाश खनाल (शैलेस), नेकपा भरतपुर महानगर अध्यक्ष रामप्रसाद न्योपाने, नेकपाका नेता श्याम बिष्ट, सोम कंडेल, शुदर्शन अधिकारी र स्थानिय हरुको उपस्थिति रहेको थियो। सो बस्तीमा बिगत ३० बर्षदेखि करिब ६ सय सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस !