काठमाडौं ।  सरकारले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हालका निमित्ति हितेन्द्रदेव शाक्यलाई चार वर्षका लागि नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले शाक्यलाई प्राधिकरणको नेतृत्व जिम्मा लगाएको हो । यस अघिका प्रबन्धक निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि शाक्यलाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस !