कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पक्की पुलको काम ठुला ढुङ्गाको अभावमा प्रभावित भएको छ । पुलको दुवैतर्फ निर्माण हुने पोखरीको तटबन्ध बनाउन ठुला ढुङ्गाको अभाव भएको हो ।
चार लेनको पुल निर्माणस्थलमा महाकालीको चौडाइ २ किलोमिटर र पुलको लम्बाइ भने ८ सय मिटर मात्रै छ । नदीलाई पुलको लम्बाइभित्र बगाउन दुवैतर्फ झन्डै साढे ५ किलोमिटर लामो तटबन्ध बनाउनु पर्ने र त्यसका लागि ठुला ढुङ्गा आवश्यक परेको हो । पुलसम्मको पहुँच मार्गसँगै दुवैतर्फ २८ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइका पोखरीहरू निर्माण हुनेछ ।
ठेक्का सम्झौतामा उल्लेख भएको आयोजना स्थलको उत्तर पूर्वी क्षेत्र ब्रह्मदेव र बेदकोट नगरपालिका क्षेत्रका खोलानालाहरू उत्खननका लागि प्रारम्भिकनिर्माण कम्पनी कुमार श्रेष्ठ सीएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले तटबन्ध बनाउन १ लाख ४३ हजार घन मिटर ढुङ्गा आवश्यक पर्ने र जसमध्ये करिब १ लाख घन मिटर ढुङ्गा २ सय ५७ किलोग्राम तौलको चाहिने बताउनु भएको छ  । तटबन्ध बनाउन नसके पुल नदीको बिचमा हुनेछ । वातावरणीय प्रतिवेदन समेत गरिएको छ । त्यहीअनुसार निर्माण कम्पनीले केही दिनअघि खन्याखोलाबाट ठुला ढुङ्गा उठाउन थालेको थियो तर स्थानीयले विरोध गरेपछि काम बन्द भएको छ ।

भीमदत्त नगरपालिकाले निर्माण सामग्री उत्खननका लागि रौटेला, खन्या खोला, कामीकाटे र भिमिरगाडको आइई गरेको छ । ती खोलाहरूबाट दैनिक ३ सय घन मिटर निर्माण सामग्री उत्खनन गर्न पाउने आइईमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस !