पुजा ढकाल चितवन। ‘द लेप्रसि मिसन नेपाल’द्वारा पत्रकार महासंघ चितवन शाखाको सभाहलमा माघ २३ गतेका दिन ३८ औं विश्व कुष्ठरोग दिवसको अवसर एक कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रम अध्यक्ष तथा स्वास्थ कार्यलय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले कुष्ठरोग आँखाले देख्न नसकिने सुक्ष्म’माइक्रोव्याक्टेरियम लेप्रे नामको किटाणुबाट लागने गरेको पाईन्छ।तिवारीका अनुसार चितवन जिल्लालाई उक्त रोगबाट निवारण गर्ने लक्ष्य रहेको बताउनु भयो। जिल्लामा प्रती दस हजार मध्य एक जना भन्दा कम व्यक्तिमा यो कुष्ठरोग संक्रमण देखियो भने बल्ल निवारण भएको घोषण गरिने कुरा उहाँले बताउनु भयो , हाल अहिले जिल्लामा १ सय १६ जना यो रोगका संक्रमितहरु रहेका छन्।उक्त ३ बर्ष सम्म यस्को लगातार मापन गर्ने गरिएको कुरा पनि उहाँले जानकारी गराउनु भयो।

चालु आर्थिक बर्ष २०७५-२०७६ का अनुसार हाल चितवनमा ५६ जना कुष्ठरोगका नयाँ बिरामीहरु भेटिएका छन् । यो रोग दुई प्रकारको हुन्छ जुन पि•बि र म•बि हो उक्त रोग मनिसको छाला र स्नायुमा लाग्ने कम सरुवा र दिर्घरोग मानिने यो रोग उपचारका माध्यमबाट निर्मुल पार्न सकिन्छ। तिवारीका अनुसार यो संख्या चालू आर्थिक बर्ष २०७५-७६ मा प्रती १० हजारमा ०.९५% र २०७४-७५ मा १.२१% रहेको बताए ।नेपाल सरकारद्वारा यो रोगको निशुल्क उपचार गरिने भएकाले रोग नलुकाउन स्वास्थ्री कार्यालय चितवनको आग्रह रहेको छ।

चालू आर्थिक बर्षका नयाँ ५६ जना संक्रमित मध्य भरतपुर महानगर पालिकाका २९, रत्नगर नगरपालिकाका २०, कालिका नगरपालिकाका १, खैरहनी नगरपालिकाका ९ त्यस्तै राप्ती र माडि नगरपालिकाक ५/५ जना रहेको कुरा ‘ द लेप्रसि मिसन नेपाल’ की जिल्ला संयोजन सुशीला श्रेष्ठले बताउनु भयो। विशेष त यो रोग २-५ बर्ष उमेर समुहका बालबालिका र ३० बर्ष भन्दा माथीका मनिसलाई लाग्ने सन्भावना रहेको छ। यो मनिसमा लाग्ने रोग हो जस्को लक्ष्यण सामान्री तया छुदा थाहा नपाउने रातो फुस्रो दाग देखिने हात खुट्टा झमझमाउने छाला चम्किने र बाक्लो हुने, बाहिरी भाग सुनिने आदि हो। मुख्य तया यो रोगले हात खुट्टा र आखामा असर गर्ने गरेको पाइन्छ। यो मनिसमा मात्र लाग्ने रोग हो जस्को १ डोज औषधी सेवनले पनि ९९.९७% व्याक्टेरिया निष्कृय हुने र एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने कुरा श्रेष्ठले बताउनु भयो। सन् १८७३ मा पहिलो पटक नर्वेका वैग्यानिक डा•जी•ए हेन्सनले यो रोग पत्ता लगाएका हुन् ।

‘द लेप्रसि मिसन नेपाल’द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा स्वास्थय कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारी अध्यक्ष रहनुभएको थियो।त्यस्तै संस्थाकी जिल्ला संयोजक सुशील श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा चितवनका विभिन्न मिडियाका पत्रकारहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !