काठमाडौँ । उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले मृत्युमा जीवन खोज्ने पुष्पकमल दाहाल प्रचण्ड र कुण्ठालाई प्रतिनिधित्व गर्ने माधवकुमार नेपालको मिलन कम्युनिष्ट आन्दोलनका लागि बाधक भएको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौँमा नेकपा बागमती प्रदेश कमिटीद्धारा आयोजित वृहत जनसभामा सम्बोधन गर्दै उहाँले पाँच वर्षलाई निर्वाचित भएको प्रधानमन्त्रीलाई धक्का दिएर हटाउन खोज्ने काम भएपछि निर्वाचनमा जाने निर्णय लिइएको बताउनुभयो ।

उहाँले घोषित मितिमै निर्वाचन हुने भन्दै सामना गर्न प्रचण्ड र माधवलाइ चुनौती दिनुभयो ।  उपप्रधानमन्त्री पोखरेलले घोषित चुनावलाई चुनौती दिँदै नहिँड्न चेतावनी पनि दिनुभयो । ‘निर्वाचनमा जाने प्रधानमन्त्रीको घोषणालाई प्रचण्ड–माधव समूहले चुनौती दिनुभएको छ, निर्वाचन आयोगलाई धम्की दिइरहनुभएको छ,’ उहाँले भन्नुभयो, ‘यो संविधान र लोकतन्त्रविरोधी कुरा हो।’ ताजा जनादेशमा गएर जनताले जे निर्णय गर्छन् त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !