काठमाडौँ । शुक्रबार हुने नेकपा केपी ओली पक्षको जनसभामा प्रधानमन्त्री ओलीसहित ३ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ हुने विशाल जनसभालाई प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सम्बोधन गर्ने भएका हुन् ।

शुक्रबार नारायणहिटीको प्रांगलणमा हुने जनसभालाई सफल पार्न नेकपाका विभिन्न जनवर्गीय संगठनहरु तीव्र तयारीमा जुटेका छन् ।

नेकपा वाग्मती प्रदेश सङ्गठन कमिटीले सभामा काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशका १३ जिल्ला र देशभरिबाट पार्टी नेता, कार्यकर्ता र समर्थक आउने बताएका छ ।

मध्याह्न १२ बजेदेखि हुने सभा अघि काठमाडौँ उपत्यकाका १३ स्थानबाट सांगीतिक प्रस्तुतिसहित जुलूस निकालिने जनाइएको छ । पार्टीमा देखिएको सङ्कटबारे जानकारी दिन, सरकारले गरेका राम्रो कामको प्रचार गर्न, ताजा जनादेशमा जान र कम्युनिष्ट आन्दोलनलाई अझ एकताबद्ध गराउन सभा गर्न लागिएको आयोजकले जनाएको छ ।

सरकारले प्रतिनिधिसभाको विघटन गरी आगामी वैशाख १७ र २७ गते आम निवार्चन घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस !