चितवन । आज नेपाल बन्दका दिन चितवनको सडकमा रोमाञ्चक दृश्य देखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आह्वान गरेको बन्द सफल बनाउन सडकमा उत्रेका बन्दकर्ताहरुले रमाइलो गरेका छन् ।

उनीहरुले नारायणगढको पुल्चोकमा सुतेर प्रर्दशन गरेका हुन् । यस्तै उनीहरुले सडकमा नाच्दै, गाउँदै रमाइलो गरेका छन् ।

सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा देशव्यापी आम हड्तालसहित नयाँ संघर्षका कार्यक्रम घोषणा गरिएको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !