काठमाडौं । आम हड्ताल सफल बनाउन र नेकपा ओली समुहको काठमाडौंमा भोलिहुने बिशाल आमसभा बिथोल्न प्रचण्ड पनि सडकमा आएका छन । विभाजित नेकपाका अध्यक्ष प्रचण्ड पनि आजको बन्दमा सडकमा निस्केका हुन । बन्दकर्तासँगै प्रदर्शनमा केहीबेर सहभागी भएका प्रचण्डले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

खुमलटारबाट सातदोबाटोमा प्रदर्शनकारीबीच केहीबेर बसेर उनी निस्केका थिए । सो मोर्चाको नेतृत्व देव गुरुङले गरेका छन् । आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुल बाँधेर निस्केका छन् ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नाराबाजी गरिरहेका छन् । प्रचण्ड पनि अ‍ोलीविरुद्ध नारा लगाउँदै केहीबेर प्रदर्शनकारीलाई उत्साह थपेर निस्केको ललितपुरका प्रदेशसभा सदस्य राजकाजी महर्जनले बताए ।

प्रतिक्रिया दिनुहोस !