काठमाडौँ । नेकपाको माझण्ड (माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहले गरेको बन्द उलंघन गरेको भन्दै काठमाडौँको गोंगबु चोकमा एक ट्याक्सीमा आगजनी गरेका छन । मोटरसाइकलमा आएका बन्दकर्ताले ट्याक्सी लखेट्दै आगजनी गरेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्काले जानकारी दिए ।

उनीहरूले चालकले ट्याक्सी गुडिरहेको अवस्थामा चालकसहितको ट्याक्सीमा आगजनी गरेका हुन । आगजनी गरेर बन्दकर्ता भागेका कारण ट्याक्सी चालक पनि बाच्न सफल भएका छन । ट्याक्सीमा आगोदन्कदै गर्दा चालक बल्लतल्ल बाहिर निस्किएका थिए । प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।

ट्याक्सी गोंगबु चोकबाट सोह्रखुट्टेतर्फ जाँदै गरेको थियो । प्रहरीले संलग्नको खोजी गरिरहेको छ। माझण्ड समूहले बन्द सफल बनाउन गोंगबु चोकको कमाण्डर स्थायी कमिटी सदस्य भीम रावललाइ तोकेको छ ।

प्रतिक्रिया दिनुहोस !