काठमाडौँ। प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकीबाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन् ।

बन्दकर्ताले गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन् । बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । अहिलेसम्म बन्द गराउँदै हिँड्ने ५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस !