काठमाडौं । विभिन्न संवैधानिक निकायका लागि सरकारले नियुक्त गरेका पदाधिकारीहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालय शितल निवासमा आज विहान भएको शपथ ग्रहण समारोहमा संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्तिको सिफारिसमा परेका पदाधिकारीहरुले सपथ ग्रहण गर्नुभएको हो ।

संवैधानिक निकायका प्रमुखहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र अन्य सदस्यलाई सम्बन्धित निकायका प्रमुखले शपथ खुवाउनु भएको थियो ।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकार आयोग सहित विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका ३८ जना पदाधिकारीहरुलाई सिफारिस गरेको थियो ।

सिफारिस भएको ४५ दिनसम्म संसदीय सुनुवाई हुन नसकेमा सिफारिस भएका व्यक्तिहरु सम्बन्धित पदमा स्वतः नियुक्त हुने व्यवस्था अनुसार आज उहाँहरुलाई सपथ ग्रहण गराइएको हो ।

हेनुहोस् सपथ ग्रहणसमारोहका केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस !