चितवन । ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका कोषाध्यक्ष तथा कालिका दैनिकका निर्देशक आकाश बन्जाराले गाम बेंसीको चेपाङ संरक्षण केन्द्रमा खाद्यान्न सहयोग गरेका छन । रत्ननगर-१०, मंगलपुरमा रहेको सो केन्द्रमा २ सय चेपाङ विद्यार्थी आश्रित छन ।
केन्द्रमा खाद्यान्न अभाव भएको थाहा पाई बन्जाराले चामल, दाल, नुन, आलु, कापी, कलम लगायतका सामानहरु सहयोग गरेका हुन । सो केन्द्रका अध्यक्ष  चेपाङ अभियन्ता केपी किरण शर्मालाई सहयोगीदाता बन्जाराका बुबा गोविन्द बन्जारा, आमा रुक्मिणी बन्जारा र भाई बिकाश बन्जाराले सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।
सो अबसरमा प्रेस संगठन नेपालका बागमती प्रदेश सह संयोजक तथा पत्रकार शिशिर सिंखडा, नवराज बगाले, अर्जुन बस्ताकोटी लगायतको उपस्थिति रहेको थियो । समाजका कोषाध्यक्ष आकाश बन्जारा हाल हङकङमा ह्यन्डिक्राफ्ट ब्यबसाय गर्दै आएका छन । गोरखा निबासी बन्जाराले यस अगाडी पनि सो केन्द्रमा सहयोग गर्दै आएका थिए । उनले गोरखा, चितवन लगायत विभिन्न जिल्लाका सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छन । केन्द्रमा खाद्यान्न लगायतका सामाग्रीहरु अभाव रहेकाले थप सहयोगका लागि अध्यक्ष केपी किरण शर्माले सहयोगी दाताहरूलाई अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस !