चितवन । कालिका नगरपालिका-६, खोलेसिमल निबासी श्रीकुमार श्रेष्ठले आफ्नो स्वर्गीय बुबाको सम्झनामा असहाय बृद्ध कल्याण समाजमा सहयोग गरेका छन । स्वर्गीय बुबा भक्तबहादुर श्रेष्ठको सम्झनामा छाेरा श्रेष्ठले रत्ननगर-१२, अमिलियामा रहेको सो बृद्ध समाजमा सहयोग गरेका हुन ।
उनलेे बिरामी सुत्ने बेड, चामल, नुन, तेल, चिनी, मसला, फलफूल, कपडा लगायतका सामाग्रीहरु सहयोग गरेका हुन । स्वर्गीय श्रेष्ठलो छोरी शान्ति श्रेष्ठले पनि सस्थालाई १ हजार ५० रुपैया सहयोग गरेकी थिइन ।  सो सस्थामा हाल १५ जना असहाय वृद्ध बृद्धा आश्रित छन । सो कार्यक्रममा सस्थाका सचिव गोकर्ण खनाललाई श्रेष्ठले सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
सोही अबसरमा स्वर्गीय श्रेष्ठको बुहारी दुर्गा श्रेष्ठ, छोरी शान्ति श्रेष्ठ, प्रेस संगठन नेपालका बागमती प्रदेश सह संयोजक तथा पत्रकार शिशिर सिंखडा, चेपाङ अभियन्ता केपी किरण शर्मा लगायतको उपस्थिति रहेको थियो । स्वर्गीय श्रेष्ठको गत ३ हप्ता अगाडी निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !