चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भगवान राम चितवन माडीको अयोध्यापुरीमा जन्मेको हो भनेर किन बाल्दैनन् भनेर प्रश्न गरेका छन् ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा नेकपा चितवनले गरेको आमसभालाई आज सम्बोधन गर्दै ओलीले प्रचण्डलाई लक्षित गर्दै चितवनबाट चुनाव जितेको सांसदले नै राम माडीमा जन्मेको भनेर बोल्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरु विकासको गति देखेर आत्तिनु भएको छ, हामी राम मन्दिर बनाएर छोडिन्छ ।’ उनले यही निर्वाचन क्षेत्रबाट चुनिएका सांसद किन बोल्न सक्दैनन् भनेर प्रतिप्रश्न पनि गरेका छन् । उनले भने, ‘मयुरको प्वाख लाउँदैमा मयुर हुँदैन । उहाँ किन बोल्न सक्नुहुँदैन । ’ उनले रामको मूर्ति निर्माण भइसकेको जनाउँदै सीताको मूर्ती बनिरहेको बताए । उनले भने, ‘अर्काे रामनवमीमा भव्य ढंगले शिलान्यास गरिने छ । चितवनको अयोध्यापूरी अब विश्वका हिन्दूहरुको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुनेछ ।’ प्रधानमन्त्री ओलीले चितवनमा नदी, पुल र नदीहरुको तटबन्धको व्यवस्थापन गर्ने बताए । उनले भने, ‘ चितवन असाधारण सम्भावना बोकेको भूमि हो । वृहत् नयाँ स्वरुपमा विकासलाई अगाडि बढाउने छौ ।’

प्रधानमन्त्री ओलीले जनसभामा चितवनबाट तपाइँहरुले तीन जना सांसद छानेको भन्दै ती छानिएका सांसदहरु आजको सभामा खोई भनेर प्रतिप्रश्न गरे । उनले भने, ‘ चितवनका सांसदहरु त्यही भएर छटपटाएर हिड्नु भएको छ । उहाँको उद्देश्य राम्रो छैन । पार्टी ध्वस्त पार्ने , देश सखाप पार्ने मनसाय उहाँहरुको छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘अली अली मतपत्र च्यातेर जितेको भए पनि आजको सभामा तपाइँको मेयर खोई भनेर प्रश्न गरे । पिकनिक खान जानु भयो होला ।’ उनले भने, ‘मैले यसमा केही भन्नु छैन । आफ्नो काम गर्दै जानुहुन्छ । हामी देश बनाउने अभियानमा जुटेका छौं । ’ प्रधानमन्त्ती ओलीले आफूले राजमार्ग चौडा बनाउने काम शिलान्यास गर्दा उनीहरु छटपटाइरहेको बताए । उनले भने, ‘सभाहल बन्दा बाटो बन्दा किन पिर परेको छ । चितवन जिल्ला विकासका काममा अगाडि बढिरहेको छ । नारायणीमा सिग्नेचर पुल बन्दै छ । आकर्षक नयाँ पुल बन्दै छ । नारायणी राप्तीमा तटबन्ध बन्दै छ ।’

प्रधानमन्त्री ओलीले माडीलाई ‘मडी’ बनाउँछु भनेको थिए । तर सोही क्षेत्रबाट निर्वाचित सांसद मडी बनाउँछु भनेको विरोध गर्दैमा ठिक भएको बताए । उनले भने, ‘पार्टी फुट्यो, पार्टी फुटेको छ कि छैन, पार्टी फुटेको होइन केही मानिस बाहिर गएका हुन् । ’ हामीले निचोरेको होइन उनीहरु आफै निचारिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस !