कञ्चनपुर । कञ्चनपुरमा कोभिड–१९ विरुद्धको पहिलो खोप महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठ र स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारबाट खोप अभियान सुरु गरिएको छ ।

महाकाली अस्पतालमा आज बिहान आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान सुरुवातका क्रममा श्रेष्ठलाई पहिलो खोप दिइएको हो । त्यसपछि स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार र अन्य स्वास्थ्यकर्मीहरुले पनि खोप लगाएका छन् ।

खोप अभियान शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले आज नेपालीहरूको खुसीको दिन भएको बताउनुभयो । उहाँले पहिलो चरणमा अग्र पङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाई कर्मीहरुलाई खोप लगाउने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !