चितवन। चितवनमा आज (बुधबार)देखि कोरोना भाइरस विरुद्धको खोप लगाइँदै छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपकबाबु तिवारीका अनुसार विहान १०ः३० बजेदेखि खोप लगाइँदै छ । जिल्लाका तीन स्थान भरतपुर अस्पताल, टाँडीको रत्ननगर–बकुलहर अस्पताल र माडीको बघौडा अस्पतालमा खोप लगाइँदै छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शब व्यवस्थापक गर्ने टोली, महिला स्वयम्सेविका, फोहोर व्यवस्थापक, एम्बुलेन्स चालकलाई कोरोना विरुद्धको खोप लगाइने तिवारीले जानकारी दिए । तिवारीका अनुसार दोस्रो चरणमा आएको खोप मात्रै सर्वसाधारणमाझ पुर्‍याइनेछ ।

एक समय चितवन कोरोनाको हटस्पट जस्तै बनेको थियो । चितवन दैनिक पाँच सय भन्दा सक्रिय कोरोना संक्रमितको जिल्लामा परेको थियो । अहिले भने जिल्लामा संक्रमितको संख्या घट्दो छ । कोरोना संक्रमणबाट चितवनका १०४ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस !