चितवन । पुर्बी चितवनको कालिका नगरपालिका-१० शक्तिखोरमा बिगत २ बर्षदेखि मापदण्ड बिपरित क्रसर उधोग संचालन हुँदै आएको पाइएको छ । नेपाल सरकारले तोकेको मापदण्ड बिपरित सो कालिका माई क्रसर उद्योग संचालनमा आएको हो । सरकारले क्रसर उधोग संचालनका लागि बनाएको मापदण्ड समेत मिचेर सो उधोग २ बर्षदेखि संचालन भएपनि सरोकारवाला निकायहरु भने मौन रहेका छन । बलराम खनाल र रोशन आचार्यको लगानीमा सो क्रसर संचालित छ । नेपाल सरकारको खोला वा नदिबाट ५ सय मिटर र बस्तिबाट २ किलोमिटर भित्र क्रसर राख्न नपाईने मापदण्ड छ । तर सो क्रसर कयर खोलामा नै छ भने बस्ती पनि नजिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस !