चितवन । कालिका नगरपालिकाको वडा नंं.१ स्थित आधारभुत बिधालय, समिपुरका सबै जना करिब  ४ सय विद्यार्थीलाई शैक्षिक सामाग्री तथा छात्रबृति सहयोग गरिएको छ । बिश्वकै १०० उत्कृष्ट महिलामा पर्न सफल म्याग्दीकि १९ बर्षिय सपना रोकामगर प्रमुख अतिथि रहेको कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सोमबहादुर खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो । बिश्वकै उत्कृष्ट महिलामा पर्न सफल म्याग्दी कि १९ बर्षिय रोकामगरलााई बिधालयको तर्फबाट सम्मान गरिएको थियो । बिधालयका  प्राधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले स्वागत मन्तव्य राखेका थिए । सो अबसरमा वडा अध्यक्ष लिला बहादुर गुरुङ, कालिका नगर शिक्षा समितिका सदस्य पुर्णबहादुर पुरी लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !