चितवन । प्रचन्डका राजनीतिक गुरु नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ । कुँवरलाई चितवन आएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका छन ।

आज बिहान भरतपुर अस्पतालमा निधन भएको परिवारका सदस्यले जनाएका छन् । २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता कुँवरले लिएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड लगायतका नेताहरुलाइ पार्टी सदस्य बनाएका थिए ।उनकाे अन्यष्टीमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल पनि आज चितवन आए ।

पार्टी कार्यालय कृष्णपुरमा आयोजीत श्रद्धाञ्जली कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे। साे अबसरमा अध्यक्ष दाहालले बामपंथी आन्दोलनका अभिभावक गुमाएको भन्दै दुख व्यक्त गरे। आफुलाई २०३३ सालमा पार्टी सदस्यता दिलाएकाे स्मरण गर्दे आज जुन स्थानमा छु त्याे सबै खम्वासिह कुँवरकाे देन रहेको प्रतिक्रिया दिए ।

खम्वासिह कुवरलाई काजिसावका नामवाट कम्युनिस्ट आन्दोलनमा चिन्ने गरिएको छ। उहाँको आजै देवघाटमा अन्यष्टि गरिएको छ। अन्तिम संस्कारमा सहभागी हुन सयाैंकाे संख्यामा नेता कार्यकर्ता सहभागी थिए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस !