चितवन । चितवनमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । सोलुखुम्बु टापटिङ्ग – ५ बस्ने मोटरसाइकल चालक अनिल मगर र पछाडि सवार धरान –९ का गौरव राईको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार रत्ननगरनगरपालिका वडा नम्बर १० अगाडी बा २ख ५६७४ नम्बरको बस राजमार्गमा पूर्वबाट पश्चिम गएर दायाँ मोड्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ९२ प ५२०४ नम्बरको मोटरसाइकललाई ९ बजेर २० मिनेटमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा साढे ९ बजे मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिनुभयो । बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !