काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा गत सातादेखि सुनुवाइ भइरहेको छ । यो मुद्दामा हालसम्म ३४ जना कानुन व्यवसायीले बहस गरिसक्नुभएको छ ।
आज रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका तर्फबाट कानुन व्यवसायीले बहस गर्दै हुनुहुन्छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन दर्ता भएका छन् । संवैधानिक इजलासले समयको ख्याल गरी सुनुवाइको लागि वकिलहरूका लागि निश्चित समय निर्धारण गरी बहस गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !