सुवास लामिछाने, देवघाट।  देवघाट गाउँपालिका तनहुँमा शहिदहरुको शालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको छ । देवघाट गाउँपालिका ५ मा रहेको कृषि हाट बजार परिसरमा शनिबार सहिदहरुको तस्विरमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको धारणा राख्नुभयो । थापाले राष्ट्र निर्माणमा बलिदान गर्ने शहिदहरुको उच्च सम्मानका निम्ति शहिद सप्ताह मनाइएको जानकारी दिनुभयो । अध्यक्ष थापाले थप्दै भन्नुभयो,शहीदहरुको योगदान चीर कालसम्म चर्चामा हुनेछ। सोही कार्यक्रममा वोल्दै देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट गाउँपालिका ५ वडाअध्यक्ष याल बहादुर गुरुङ्गले शहीदले देश र जनताका लागि गरेको योगदान कहिल्यै नमर्ने बताउँदै उनिहरुले देखाएको त्यागको आदर्शलाई प्रेरणाका रुपमा लिनुपर्ने बताउनुभयो ।
गुरुङ्गले शहीदको बलिदानले क्रान्ति सफल भएको स्मरण गर्दै सामाजिक रुपान्तरणका माध्यमबाट आर्थिक उन्नति गरी मुलुकलाई समृद्धितर्फ लैजानुपर्नेमा जोड दिनुभयो । देवघाट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नरहरि सापकोटाले जनताको जीवनस्तमा सुधार ल्याउने गरी आर्थिक रुपान्तरण गर्न सकेमा शहीद प्रति सच्चा श्रद्धाञ्जलि हुने बताउनुभयो । शहिद सप्ताहको पहिलो दिन आयोजित उद्घाटन कार्यक्रममा झाँकी सहित विभिन्न स्थानहरुमा सरसफाई कार्यक्रम,सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
सो कार्यक्रममा देवघाट गाउँपालिका उपाध्यक्ष विमला थापाले स्वागत मन्त्वय राख्नुभएको थियो भने देवघाट गाउँपालिका १ वडाअध्यक्ष भिम बहादुर गुरुङ्ग,देवघाट गाउँपालिका ४ वडाअध्यक्ष पदम बहादुर गुरुङ्ग लगायतले शहिदहरुको सम्मान सहित मन्त्वय राख्नुभएको थियो । शहिद सप्ताह अन्र्तगत माघ १० गते  देखी १६ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाइने आयोजकले वताएको छ ।

प्रतिक्रिया दिनुहोस !